Advertisement

रोजगारीको लागि नयाँ गन्तब्य बन्दै माल्टा र रोमानिया

0 82

Advertisement

०६मंसिर, काठमाडाैं । नेपाली कामदारका लागि माल्टा र रोमानिया नयाँ गन्तब्य मुलुक बन्न थालेको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीका लागि जाने युवाहरु मलेशिया र मध्यपूर्वको विकल्पको रुपमा माल्टा र रोमानियालाई लिन थालेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७९/८० को पहिलो तीन महिनाको अवधिमा मध्यपूर्व र मलेसिया पछि सबैभन्दा धेरै नेपाली कामदार माल्टा र रोमानिया गएका छन् । सो अवधिमा दुई हजार ८६० नेपाली कामदार माल्टा पुगेका छन् । गत आवको सोही अवधिमा जम्मा ५२ जना माल्टा पुगेका थिए । तर, गत आर्थिक बर्ष भरीमा भने एक हजार २७५ जना नेपाली कामदार माल्टा पुगेको केन्द्रिय बैंकको तथ्यांक छ । अघिल्लो आवमा जम्मा ६४ जना माल्टा पुगेका थिए ।

त्यस्तै, चालु आर्थिक बर्षको पहिलो तीन महिनाको अवधिमा दुई हजार ४४९ जना नेपाली कामदार रोमानिया पुगेका छन् । गत आवको सोही अवधिमा एक हजार ५२ जना रोमानिया पुगेका थिए । तर, गत आर्थिक बर्ष भरीमा भने ६ हजार ४२३ माल्टा पुगेको तथ्यांकले देखाउँछ । त्यस्तै, अघिल्लो आर्थिक बर्ष एक हजार ९५४ नेपाली कामदार माल्टा पुगेका छन् ।

त्यस्तै, चालु आवको पहिलो तीन महिना अवधिमा एक हजार ५५ जना नेपाली कामदार साईप्रस पुगे । ८२६ जना माल्दिभ्स, ४९६ पोल्याण्ड, ५३ जना टर्की र १२५ जना अफगानिस्तान पुगेको तथ्यांकले देखाएको छ ।

मध्यपूर्व र मलेसियाको तुलनामा माल्टा, रोमानिया, पोल्याण्ड जस्ता युरोपियन मुलुकमा पारिश्रमिक र सेवा सुविधा राम्रो छ । त्यसैले नेपाली युवाहरु त्यतातिर आकर्षित भएको वैदेशिक रोजगार व्यवसायी संघका संयोजक नवराज ढकालले बताए । उनका अनुसार अहिले नेपाली म्यानपावर कम्पनीले नै नेपाली युवालाई माल्टा रोमानिया लगायतका मुलुकमा पठाउँदै आएका छन् । तर, यि मुलुकसँग नेपाल सरकारले श्रम सम्झौता भने गरेको छैन ।

नेपाल सरकारले हालसम्म विश्वका १०९ मुलुक खुल्ला गरेको छ । तर, १० वटा मुलुकसँग मात्रै श्रम सम्झौता गरेको छ । युरोपका विभिन्न मुलुक नेपाली कामदारको लागि सम्भावित गन्तब्य भए पनि सरकारको उदासिनताले नेपाली कामदारले अवसर पाउन नसकेको संघका संयोजक ढकालले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.