Advertisement

सेञ्चुरी बैंकको पदमपुर शाखा स्थानान्तरण

0 98

Advertisement

०२ मंसिर, काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७९ कार्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाउँमा सञ्चालनमा ल्याएको छ । पदमपुर शाखा नयाँ ठाँउमा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरी सेवा सञ्चालन गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखा रहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.