Advertisement

असोज मसान्तसम्म एक खर्ब ५ अर्ब सहुलियत कर्जा लगानी, २ खर्ब १० अर्ब बक्यौता

0 94

Advertisement

०१ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार असोज मसान्तसम्म एक खर्ब ५ अर्ब रुपैयाँ सहुलियत दरको पुनर्कर्जा लगानी गरेको छ । केन्द्रिय बैङ्कद्वारा बुधबार प्रकाशित तथ्याङ्कअनुसार बैङ्क तथा वित्तीय संस्थाले असोज मसान्तसम्म एक खर्ब रुपैयाँ बढी पुनर्कर्जा लगानी गरेको हो ।

त्यस्तै, असोज मसान्तसम्ममा १ लाख ४७ हजार ६४२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएकोमा २ खर्ब १० अर्ब ४७ करोड रुपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ६१ ऋणीलाई प्रवाह भएको १३८ अर्ब २१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७ सय ५० महिला उद्यमीलाई प्रवाह भएको ६८ अर्ब ६९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

यसैगरी सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३१ ऋणीको ३ अर्ब ५७ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा असोज मसान्तमा ९० करोड ३४ रुपैयाँ लाख बक्यौता रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.