Advertisement

राजीव गान्धी हत्याकाण्डका दोषीलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

0 61

Advertisement

२५कात्तिक, काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याकाण्डका दोषीलाई रिहाइ गर्न भारतीय सर्वोच्च अदालतले आदेश दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सर्वोच्च अदालतले गान्धीको हत्याकाण्डका आरोपीहरु नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित सबै आरोपीलाई रिहा गर्ने भनेको हो।

सर्वोच्चले आफ्नो पछिल्लो आदेशमा नलिनी र रविचन्द्रनको हकमा पनि यसअघि एजी पेरारीवलनको हकमा भएको आदेश नै लागू हुने भनेको छ। एजी पेरारीवलन पनि राजीव गांधी हत्याकाण्डमा दोषी ठहर भएका आरोपी हुन्। ११ मे २०२२ मा सर्वोच्च अदालतले संविधानको धारा १४२ अनुसार पेरारीवलनलाई रिहा गर्ने आदेश सुनाएको थियो। पेरारीवलनले राजीव हत्याकाण्डमा ३० वर्षभन्दा बढी जेल सजाय भुक्तान गरिसकेका थिए।

दोषीहरूले तीन दशकभन्दा बढी समय जेलमा बिताएको र जेलमा उनीहरूको आचरण सन्तोषजनक रहेको पनि इजलासले जनाएको छ। राजीव गान्धी हत्याका दोषी एस नलिनीले तोकिएको समयभन्दा अगाडि नै रिहाइ हुनुपर्ने माग गर्दै गत अगस्ट महिनामा सर्वोच्चमा निवेदन दिएका थिए। आफूलाई छिटो रिहाइ गरिनुपर्ने माग गर्दै उनी त्यसअघि मद्रास हाइकोर्ट पनि पुगेका थिए। तर हाइकोर्टले उनको याचिका खारेज गरिदिएको थियो। मद्रास हाइकोर्टको आदेशलाई चुनौती दिँदै नलिनी सर्वोच्च पुगेका थिए।

भारतका पूर्वप्रधानमन्त्री गान्धीको २१ मे १९९१ मा तमिलनाडुको श्रीपरेम्बुदुरमा हत्या भएको थियो। उक्त प्रकरणमा ७ व्यक्तिलाई दोषी ठहर गरिएको थियो। सुरुमा सबैलाई मृत्युदण्डको सजाय सुनाइएकोमा सन् २०१४ मा सर्वोच्च अदालतले आजीवन काराबासको सजायमा बदलेको थियो।

सन् २०१६ मा तमिलनाडुकी तत्कालीन मुख्यमन्त्री जयललिता र सन् २०१८ मा एके पलानीस्वामीले उनीहरुलाई रिहा गर्न सिफारिस गरेका थिए। तर, राज्यपालहरुले मुख्यमन्त्रीको सिफारिसलाई कार्यान्वयनमा ल्याएनन् र राष्ट्रपतिलाई सिफारिस गरिदिए। लामो समयसम्म आफूहरुको मुद्दाको सुनुवाइ नभएपछि आरोपीहरु सर्वोच्च अदालत पुगेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.