Advertisement

कार्यकर्तालाई भ्रममा पार्न प्रचण्डले महान जनयुद्ध भन्ने गरेका छन् : ओली

0 46

Advertisement

२५कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कार्यकर्तालाई भ्रममा पार्नका लागि महान जनयुद्ध भन्ने गरेको आरोप लगाएका छन्।

धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यकर्तालाई भ्रममा पार्न र अन्योलमा पार्नका लागि प्रचण्डले जनयुद्धको नाम लिने गरेको आरोप लगाएका हुन्।

यस्तै एमालेदेखि आत्तिएर चारैतर्फबाट टोक्ने काम भइरहेको ओलीले बताएका छन्। उनले भने, ‘नेकपा एमालेलाई त चारै तिरबाट जिउँदै टोक्ने कोसिस भयो। खु्ट्टा भेटायो खुट्टै टोक्या छ। हात भेटायो हातमै टोक्याछ। त्यस्तो खालको स्थिति भयो।’

अध्यक्ष ओलीले एमालेलाई भित्तामा टाँसिदिन्छौ भन्ने उद्घोष धेरैले गरेको बताए। कसैले धुलोमा मिलाइदिने, कसैले दिउँसै टर्च बालेर खोज्ने स्थिती बनाइदिन्छौं भन्ने गरेको उल्लेख गरे।

ओलीले आफ्नो अगुवाईमा पार्टी एकिकरण गरेर नेपालको वामपन्थी आन्दोलनलाई मजबुद बनाउने अभियान थालेको दाबी गरेका छन्। सोही अनुसार माओवादी र एमाले मिलेर संयुक्त घोषणा पत्र जारी गर्दै अघिल्लो चुनाव लडेको स्मरण गराए।

उनले नेपालको राजनीतिक परिवर्तनमा सुरुदेखि नै कांग्रेस नभइ एमाले जोडिएको दाबी गरे। व्यवस्था परिवर्तनका लागि भएका संघर्षमा सहिद बन्नेहरु पनि दक्षिणपन्थीहरु नभइ वामपन्थी भएको ओलीको भनाइ छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.