Advertisement

मंसिर ४ पछि एमालेले सरकार बनाउउँछः ओली 

0 52

Advertisement

२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेको सरकार बनाउने दाबी गरेका छन्। बिहीबार झापामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।

उनले एमालेको सरकार आएपछि घोषणा पत्रमा उल्लेखित २० वटा ग्यारेन्टीलाई पूरा गर्ने संकल्प गरे।

ओलीले नेकपा एमालेले नौ महिनाको अवधिमा सुकुम्वासी समस्या समाधान गर्ने आधार तय गरेको दाबी गरे। सरकार परिर्वतन गराइएको र उक्त अवधिमा भएका कामहरु पूरा गर्न नपाएको उनले गुनासोसमेत गरे।

उनले भने, ‘अब चुनावपछि गर्छौं। म आइपुग्दा पनि यहाँहरुले नारा लगाइराख्नु भएको थियो। मंसिर ४ ओली सरकार। मंसिर ४ पछि एमालेले सरकार बनाउँछ। बनाउनैपर्छ। किनकी हामीले एमालेकै सरकार किन चाहियो भन्ने पुष्टि गर्नुछ।’

उनले इतिहासमा भएका उल्लेखनिय काम एमालेले गरेको दाबी गरे। उनले भने, ’उहिले जमानामा पृथ्वी नारायण शाहको पालामा नेपालको एकीकरण भयो होला। विभिन्नको नेतृत्वमा विभिन्न काम भयो होला। महेन्द्रको पालामा पूर्वपश्चिम राजमार्ग बन्यो होला। अरु काम देखाउन बनेका छन् भने नेकपा एमालेले गरेको छ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.