Advertisement

ब्रसेल्सले युक्रेनलाई थप १८ अर्ब युरोको ऋण सहायता दिने प्रस्ताव

0 55

Advertisement

२४कात्तिक, काठमाडाैं । ब्रसेल्सले युक्रेनलाई १८ अर्ब युरोको सहायता दिने प्रस्ताव गरेको छ ।

युरोपेली आयोगले सन् २०२३ सम्ममा युक्रेनलाई प्राप्त गर्न १८ अर्ब युरो (करिब १८ अर्ब अमेरिकी डलर) को आर्थिक सहायता प्याकेजको विवरण बुधबार सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत, यूरो समूहले किभलाई प्रति महिना १.५ अर्ब यूरो ऋणको रूपमा पठाउनेछ । उक्त रकम ब्याज भुक्तानीको साथ युरोपेली सङ्घले असुल गर्नेछ।

गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो । उक्त युद्धका कारण युक्रेनसँगै विश्वभर आर्थिक समस्या देखिएपछि मार्च २९ मा टर्कीको इस्तानबुलमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा रूस र युक्रेनकाबीच प्रत्यक्ष वार्ता भएको थियो । बार्तामा खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीलाई आपुर्तिमा अवरोध नगर्ने सहमति भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.