Advertisement

धनकुटामा ज्येष्ठ नागरिकको हत्या

0 66

Advertisement

२३ कात्तिक, धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका-३ गैरीगाउँकाका ६२ वर्षीय भगीश्वर लिम्बुको हत्या भएको छ ।
४० वर्षीय तेजबहादुर लिम्बूले बुधबार बिहान भगीश्वरको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

बिहान उठेर घरमा बसिरहेका बेला तेजबहादुरले पछाडिबाट धारिलो हतियारले आक्रमण गरेको प्रहरीले बताएको छ ।

आक्रमण पछि स्थानीयवासी भगीश्वरको उद्धारका लागि पुगेका थिए तर त्यसबेला उनको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।

प्रहरीले ओरोपित तेजबहादुरलाई नियन्त्रणमा लिएको छ । नाताले भगिश्वर तेजबहादुरको काका हुन् । प्रहरीका अनुसार तेजबहादुरको मानसिक सन्तुलन ठीक छैन ।

मृतक भगिश्वरको शव पोष्टमार्टमको लागि धनकुटा अस्पताल ल्याउने तयारी भइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.