Advertisement

लगातार १३ हजार ५६० किलोमिटर उडेर चराले राख्यो विश्व किर्तिमान

0 70

Advertisement

१७ कात्तिक, काठमाडौं । एउटा कुनै चरा कतै पनि नरोकिइकन लगातार कति दूरीसम्म उड्न सक्छ होला ? कतिपय चराहरु साइबेरियाबाट हजारौँ किलोमिटरको यात्रा गरेर नेपालसम्म आउने गरेको हामीले पढेकै हो ।

यस्ता चराहरु यात्राको क्रममा ठाउँठाउँमा रोकिने अर्थात् थकाई मार्ने गर्दछन् । तर एउटा चरा चाहीँ अमेरिकाको अलास्काबाट अष्ट्रेलियाको तस्मानियासम्म लगातार कतैपनि नरोकिइकन उडेर नयाँ विश्व किर्तिमान कायम गरेको छ ।

बार टेल्ड गडविट नामक जम्मा ५ महिना उमेरको उक्त चरा अलास्काबाट उडेर ननस्टप तस्मानियासम्म आइपुग्दा १३ हजार ५६० किलोमिटर दूरी पार गरेको छ । यो चराले एकै उडानमा पार गरेको अहिलेसम्मकै सबैभन्दा लामो दूरी हो ।

अलास्काबाट तस्मानिया पुग्नको लागि यो चरा लगातार ११ दिन १ घण्टा उडेको थियो । गत अक्टोबर १३ मा अलास्काबाट यात्रा सुरु गरेको यो चरामा फाइभ जी स्याटेलाइट ट्याग लगाइएको हुनाले यसको किर्तिमानी उडान ट्रयाक गर्न सकिएको हो । यसले अक्टोबर २५ मा आफ्नो यात्रा पूरा गरेको थियो ।

म्याक्स प्लांक इन्स्टिच्यूटको पंक्षीविज्ञान विभागका वैज्ञानिकहरुले उक्त चरामा स्याटेलाइट ट्याग जडान गरी अध्ययन गरेका थिए ।

११ दिनको यात्राका क्रममा यो चरा कहीँपनि रोकिएन र जमिन वा रुखमा कतै खुट्टा टेकेन । यात्रामार्गमा ओशिनिया, भानुआटु तथा न्यु केलडोनिया जस्ता टापुहरु पनि थिए, तर ऊ कतै रोकिएन र सिधै तस्मानिया पुगेर मात्र रोकियो ।

यो चराले गतवर्ष 4BBRW नामक भाले चराले राखेको किर्तिमान तोडेको छ । सन् २०२१ मा उक्त चराले अलास्कादेखि न्युजिल्याण्डसम्म लगातार उडेर १३ हजार ५० किलोमिटर दूरी पार गरेर किर्तिमान राखेको थियो । त्यसलाई बार टेल्ड गडविटले भंग गरेको हो ।
एजेन्सीको सहयोगमा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.