Advertisement

नबिल बैङ्कको नाफामा ४१.३० प्रतिशतको वृद्धि

0 120

Advertisement

०७ कार्तिक, काठमाडाैं । नबिल बैङ्कको नाफा ४१.३० प्रतिशतले बढेको छ । आ.व. २०७८/०७९ को पहिलो त्रैमासमा बैङ्कले १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/०८० को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले ३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २७ अर्ब ५१ करोड रुपैयाँ र सञ्चित मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात २.३३ प्रतिशत र प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५३ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ २८ पैसा र पछिल्लो कारोबार मूल्य रु ८०८ को आधारमा मूल्य आम्दानी अनुपात २९.३५ गुणा रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.