Advertisement

मंसिर ४ गतेको निर्वाचनलाई हामीले समान्य रुपमा लिएका छैनौँ: प्रचण्ड

0 95

Advertisement

०२ कार्तिक, काठमाडौं । सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई आफूहरुले सामान्य रुपमा नलिएको बताएका छन्।

बुधवार बिहान प्रेस सेन्टर ललीतपुर शाखाले आयोजना गरेको अन्तर्क्रिया कार्यकममा बोल्दै प्रचण्डले माओवादीलाई चौतर्फी घेराबन्दी र बदनाम गरेर राजनीतिक रुपमा प्राप्त उपलब्धिहरुलाई उल्टाउने खेल भइरहेको आरोप लगाए। माओवादी कमजोर भए राजनीतिक उपलब्धि गुम्ने खतरा रहेको जिकिर गर्दै प्रचण्डले माओवादी बलियो भए मात्रै अग्रगमन अगाडि वढने अवस्था रहको दाबी गरे।

प्रचण्डले ४ मंसीरको निर्वाचनलाई अग्रगमनका पक्षधर र त्यसको विरुद्धमा रहेका शक्क्तिहरुको संघर्षको रुपमा चित्रण गरे। माओवादी अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन अग्रगमनको पक्षधर भएको दाबी गरे।

पछिल्लो समयमा उपलब्ध भएको राजनीतिक अग्रगमनलाई उल्टाउन ठूलो चलखेल भइरहेको दाबी गर्दै दहालले त्यसका लागी माओवादीलाई सिध्याउने षडयन्त्र भइरहेको दाबी गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.