Advertisement

युक्रेनका चार क्षेत्रलाई रुसमा विलय गराउने कार्यको राष्ट्रसंघले गर्‍यो निन्दा

0 104

Advertisement

२७ असाेज, एजेन्सी। राष्ट्रसंघको महासभाले युक्रेनका चार क्षेत्रलाई रुसमा विलय गर्ने रुसी कार्यको निन्दा गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ ।

प्रस्तावलाई १४३ देशहरूले समर्थन गरेका थिए । चीन र भारतसहित ३५ देश मतदानमा सहभागी भएनन् । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

गत साता क्रेमलिनमा आयोजित एक भव्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेरसनलाई रुसमा गाम्नेसम्बन्धी एउटा दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

सम्झौतामा चार क्षेत्रका मस्कोले स्थापित गरेका नेताहरूसँग हस्ताक्षर गरिएको थियो । त्यसअघि रुसले ती क्षेत्रमा स्व–घोषित जनमत संग्रह गरेको थियो । कथित जनमत संग्रहको पश्चिमा देशहरूले निन्दा गरेका थिए ।

प्रस्तावले अन्तर्राष्ट्रिय समुदायलाई रुसको विलयको कुनै पनि दाबीलाई मान्यता नदिन र यसलाई ‘तत्काल उल्टाउन’ माग गरेको छ । यसले वार्ताको माध्यमबाट द्वन्द्वलाई कम गर्ने प्रयासको स्वागतसमेत गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई समर्थन गर्ने देशहरूप्रति आभार व्यक्त गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.