टिकटक च्यालेन्ज विजेतालाई पुरस्कार हस्तान्तरण
२७ असाेज, काठमाडौं । नेपाल टेलिकमले सञ्चालन गरेको टिकटक च्यालेन्जका विजेताहरुलाई आज एक कार्यक्रमका बीच पुरस्कार हस्तान्तरण गरिएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच निमित्त प्रबन्ध निर्देशक झविन्द्र लाल उपाध्याय र निमित्त प्रमुख व्यावसायिक अधिकृत रीना डंगोलले पहिलो स्थान हासिल गर्ने अश्विन परियार र दोस्रो स्थान हासिल गर्ने जानकी बराललाई पुरस्कार हस्तान्तरण गर्नुभयो । उहाँहरुले क्रमशः MI 12 Pro र MI 12 मोबाइल सेट प्राप्त गर्नुभएको छ ।
तेस्रो स्थान हासिल गर्ने धरानकी अपेक्षा विष्ट तथा पहिलो हप्ताका विजेता दाङ तुल्सीपुरका रोहित अधिकारी, दोस्रो हप्ताका विजेता विराटनगर एयरपोर्टका Meme Posting Nepal र तेस्रो हप्ताका विजेता दाङ तुल्सीपुरका लिला अधिकारीलाई सम्बन्धित प्रादेशिक निर्देशनालयमार्फत छिट्टै नै पुरस्कार हस्तान्तरण गरिने छ । पुरस्कार स्वरुप तेस्रो स्थान हासिल गर्नेलाई MI 12X र अन्यलाई Redmi Note 11 मोबाइल सेट उपलब्ध गराइने छ ।
नेपाल टेलिकमका सेवा सम्बन्धी गीत/जिंगल सहितको भिडियो तयार गरी कम्पनीको आधिकारिक टिकटक एकाउन्टमा पोस्ट गर्ने गरी गत भाद्र ८ देखि असोज ३ गते सम्म टिकटक च्यालेन्ज क्याम्पेन सञ्चालन गरिएको थियो । सो क्याम्पेनमा सहभागीहरु मध्येबाट विजेता छनोट गरिएको थियो ।