Advertisement

राधी विद्युतको हकप्रद छुट्यो कि ! भर्ने अन्तिम दिन आज

0 103

Advertisement

२५ असाेज, काठमाडाैं । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि निष्कासन गरेको हकप्रद सेयरको बिक्री आज मंगलबार कार्यालय समय पश्चात बिक्री बन्द हुँदैछ ।

यदि अहिलेसम्म भर्नुभएको छैन र तपाई पनि हकप्रदको हकदार हुनुहुन्छ भने भरिहाल्नुहोस् समय आज कार्यालय समयभित्र मात्र रहेको छ । मंगलबारदेखि उक्त हकप्रदमा आवेदन गर्न सकिँदैन ।

हकप्रदमा मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आज असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । साथै सेयरधनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले असोज ५ गतेदेखि चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात १ कित्ता बराबर नयाँ १.४७५२ कित्ता सेयर अनुपातमा अंकित मूल्य १०० रुपैयाँ दरका ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद जारी गरेको छ ।

कम्पनीको हकप्रदमा भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र आवेदन गर्न सक्नेछन् । कम्पनीले भदौ १२ गते आइतबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ प्राप्त संस्थाहरु वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा रहेको मानिन्छ ।

कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ छ । ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ रुपैयाँ पुग्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.