Advertisement

श्रमका लागि विदेशिने विदेशिने नेपाली दोब्बर

0 82

Advertisement

२५ असोज, काठमाडौँ । श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको चाप खुकुलो हुँदै गर्दा नेपालबाट श्रमका लागि विदेशिने नेपालीको सङ्ख्या पनि उल्लेख्य बढ्न थालेको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको सो अवधिको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत साउन र भदौमा एक लाख ३९ हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन । २०७८ साउन र भदौमा ६१ हजार ४६८ जनाले मात्र श्रम स्वीकृति लिएका थिए । यसअनुसार यो साउन र भदौमा ७७ हजार ५३२ जनाले बढी हुन्छ ।

विभागका अनुसार गत भदौमा मात्रै ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् भने २०७८ भदौमा जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए । गत साउनमा ६३ हजार ५९७ जनाले श्रम स्वीकृति लिएकामा अघिल्लो साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएका थिए ।

यो वर्षको साउन महिनामा भन्दा भदौमा वैदेशिक रोजगारीमा जानका लागि १३ हजार ३६४ जना बढीले श्रम स्वीकृति लिएका छन् । विभागका महानिर्देशक उमाकान्त आचार्यले श्रम गन्तव्य देश र श्रमिक पठाउने देशमा कोरोनाको प्रभाव कम भएकाले वैदेशिक रोजगारी कोरोना सामान्य हुनेबित्तिकै गन्तव्य देशमा माग बढेकाले श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको बताउनुुभयो ।

दोब्बरले बढे दक्ष श्रमिक

भदौमा श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै दक्ष श्रमिक छन् । अघिल्ला वर्षहरूमा श्रम स्वीकृति लिनेमा अदक्ष श्रमिकको बाहुल्य रहँदै आएकामा यो आर्थिक वर्षदेखि भने यो तथ्याङ्क फेरिन थालेको छ । भदौ महिनामा ४६ हजार ६९ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् भने अदक्ष श्रमिकको सङ्ख्या २५ हजार ८३ जना छ । अर्धदक्ष श्रमिकको सङ्ख्या छ हजार ९२ छ भने १४६ जना व्यावसायिक र १३ जना उच्च सीप भएका रहेको विभागले जनाएको छ । गत साउनमा पनि श्रम स्वीकृति लिनेमा दक्ष श्रमिककै सङ्ख्या सबैभन्दा बढी थियो । साउनमा ३८ हजार ७७ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिँदा अदक्ष श्रमिकको सङ्ख्या २० हजार ६७२ थियो ।

प्रमुख श्रम गन्तव्य मलेसिया

समीक्षा अवधिमा नेपाली श्रमिकको प्रमुुख श्रम गन्तव्य देश मलेसिया बनेको छ । विभागका अनुसार साउन र भदौमा एक लाख ३९ हजार ४४२ जनाले श्रम स्वीकृति लिएकामा ५८ हजार जनाले मलेसियाका लागि मात्रै लिएका छन् । जुन सङ्ख्या करिब ४२ प्रतिशत हो । साउनमा ६३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएकामा २५ हजार जनाले भदौ महिना ७६ हजार ४०३ जना र भदौ महिनामा ३३ हजार दुई जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । विभागअन्तर्गतको काठमाडौँ वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली श्रमिकको आकर्षण मलेसियातर्फ बढेको बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.