Advertisement

दशैको अवसरमा बिदेशमा नेवारी खाद्य परिकारप्रति आकर्षण

0 137

Advertisement

१७ असनेज, अस्ट्रेलिया । प्राचीनकालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति बिदेशमा पनि आकर्षण बढ्दै गएको छ ।

नेपालीहरुको महान् चाड बडा दशैको अवसरमा नेपालबाट फोटो पत्रकार प्रदीप श्रेष्ठको स-परिवार यतिबेला अष्ट्रलियामा दशै मनाईरहेका छन् ।

परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ ।

नेवार समुदायको छुट्टै मौलिक पहिचानका रूपमा विकास हुँदै आएका ती परिकार आजभोलि बजारमा बिक्रीका लागि राख्ने, ‘फूड फेष्टिबल’ प्रदर्शनमा राख्ने तथा रेष्टुराँ एवं चमेनागृहमा पनि पाइन थालेपछि बिदेशमा पनि चाडबाडको बेला आकर्षण बढ्न थालेको हो ।

सयौँ थरी खाद्य परिकारका धनी नेवार समुदायको योमह्री, चटाँमरी, सन्याखुना, तःखा, बारा, कचिला, व्छय्ला आदि खाद्य परिकार विभिन्न फुड फेष्टिबल, चाडपर्व तथा चमेना गृह आदि ठाउँमा देख्न पाइन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.