Advertisement

वसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा प्रहरी कर्मचारीको मृत्यु

0 99

Advertisement

०९ असाेज, काठमाडौं । काठमाडौंको वसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ का ३१ वर्षीय राजु गुरुङको मृत्यु भएको हो ।

प्रहरी वृत्त महाराजगन्जमा दरबन्दी भएका उनी प्रहरी प्रभाग तिलिङगेटारमा प्रहरी कार्यालय सहयोगीका रूपमा कार्यरत थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल मृत्यु भएको जनाइएको छ ।

गए राति करिब पौने २ बजे नारायणगोपालचोकबाट वसुन्धारातर्फ जाँदै गरेको बा२ज ११९२ नम्बरको ट्याक्सी र विपरीत दिशाबाट आउँदै गरेको बा९१प ५४०३ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए । ट्याक्सीसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.