Advertisement

आइतबारदेखि लामो तथा छोटो दूरीका गाडीको यान्त्रिक परीक्षण अनिवार्य

0 178

Advertisement

०९ असाेज, काठमाडौं ।आइतबारदेखि लामो तथा छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ।

दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको गृह मन्त्रालयले जनाएको छ।

यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको परीक्षणकाे व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

यात्रुको बीमा गरिएको हुनुपर्ने, लामो दूरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.