Advertisement

हिमालयन रिको खुद नाफा पौने २८ करोड, ब्याजबाटै ५० करोड धेरै कमायो

0 93

Advertisement

२८ भदाै, काठमाडाैं । हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

विसं २०७८ चैत मसान्तसम्ममा १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चैतदेखि असार मसान्तसम्मको तीन महिना अवधिमा नै ८ करोड १७ लाख ९७ हजार रुपैयाँ नाफा बढाएको हो ।

हिमालयन रिले गत आवमा कुल ८२ करोड ७६ लाख ४५ हजार रुपैयाँ आय (आम्दानी) गर्दा ८६ करोड ४२ लाख रुपैयाँ व्यय (खर्च) गरेको छ । यसबाट कम्पनीले ३ करोड ६५ लाख ५५ हजार नोेक्सानीमा पुगेको हो । यद्यपी कम्पनीले लगानी, कर्जा तथा अन्यबाट आय वापत ५३ करोड कमाएपछि पौने २८ करोड नाफा आर्जन गरेको हो ।

बीमा समितिको तथ्याङ्क अनुसार कम्पनीले २०७९ असार मसान्तसम्ममा ७ अर्ब ४४ करोड ४० लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ । यसमध्ये कम्पनीले ६ अर्ब ८५ करोड ५० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेको छ । कुल लगानी रकमको ९२ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गरेकाले कम्पनीको आम्दानीको स्रोत सबै ब्याजमा नै निर्भर रहेको देखिन्छ ।

समितिको तथ्याङ्क अनुसार कम्पनीले लगानी विविधिकरण नगरी कुल लगानीको ९२ प्रतिशत मुद्दती निक्षेपमा मात्र लगानी गरेको देखिन्छ । बाँकी ८ प्रतिशत रकम मात्र कम्पनीले ऋणपत्रमा लगानी गरेको छ । चौथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट आय वापत ५३ करोड १८ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ । असार मसान्तसम्ममा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ५ अर्ब २४ करोड ५४ लाख र अल्पकालिन लगानी तथा कर्जा २ अर्ब ३० करोड ८४ लाख रुपैयाँ छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार२०७९ असार मसान्तसम्मा कम्पनीले ७७ करोड १७ लाख ९५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । चैत मसान्तसम्म ४७ करोड ४९ लाख ६४ हजार रहेकोमा पछिल्लो तीन महिनामा २९ करोड ६८ लाख ३१ हजार रुपैयाँ वृद्धि भएको हो ।

चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोष पछिल्लो तीन महिनामा बढेर १४ करोड ३३ लाख बढेर १४ करोड ८१ लाख २० हजार रुपैयाँ छ । यस्तै जगेडा कोषमा १२ करोड ५१ लाख ८९ हजार रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा कम्पनीको जगेडा कोष ७ करोड ५४ लाखले बढेको हो । कम्पनीको महाविपत्ति कोष १ करोड ३९ लाख रुपैयाँले बढेर १ करोड ४३ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले गत आवमा ३ करोड ३७ लाख ३९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले १४ करोड ७८ लाख ४१ हजार रुपैयाँ दाबी वापत भुक्तानी हुन बाँकी छ । गत आवमा कम्पनीको कुल बीमाशुल्क संकलन ८६ करोड ८७ लाख ७४ हजार रुपैयाँ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.