Advertisement

शिवपुरी डाँडामा निर्मित तालमा भरियो पानी, दसैंपछि बागमतीमा बगाइने

0 268

Advertisement

२७ भदाै, काठमाडाैं । बागमतीको पानीको प्रवाह बढाउने उद्धेश्यले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा बनाइएको तालमा पानी भरिएको छ।

तालमा पानी भरिएसँगै आगामी दसैंलगत्तै बागमतीमा पानी छोड्न सुरू गरिने आयोजनाका इन्जिनियर निश्चल छत्कुलीले जनाएका छन्।

झन्डै १ किलोमिटर क्षेत्रमा फैलिएको तालमा अहिले ८ लाख लिटर पानी जम्मा भएको छ। प्रति सेकेन्ड ४० लिटर पानी बागमतीमा बगाइने उल्लेख गर्दै छत्कुलीले भने, ‘बागमतीमा पानी छोड्नका लागि हामीलाई ८ लाख ५० हजार घनमिटर पानी चाहिने हो र अहिले ८ लाख बढी घनमिटर पानी जम्मा भइसकेको छ।’

बर्खा यामको पानी जम्मा गर्ने र हिउँदमा बागमतीमा पानी छोड्ने उद्धेश्यले सन् २०१५ बाट बाँध निर्माणको काम सुरू गरिएको थियो। झन्डै ५१ करोड लागतमा निर्माण सुरू भएको आयोजना २०१९ को अप्रिलमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि गत मेमा आयोजनाको काम सकिएको हो।

तर अहिले दुइटा समस्याका कारण तालको पानी बागमतीमा छोड्ने कुरामा असर पर्ने देखिएको इन्जिनियर छत्कुली बताउँछन्।

उनका अनुसार अहिले सुन्दरीजल क्षेत्रमा विभिन्न निकायले खानेपानीका लागि खोलाको दुईतिरबाट बाँध बाँधेर पानी लगिरहेका छन्, जसले गर्दा तालबाट पानी छोड्न सुरू गरेपछि उक्त पानी बागमतीमा नगएर खानेपानीको लाइनमा जाने देखिन्छ।

‘हाम्रो उद्धेश्य उहाँहरूको खानेपानीलाई बाधा पुर्‍याउने होइन तर उहाँहरूले खोलामा बनाउनु भएको उक्त संरचनाले गर्दा हामीले छोड्ने पानी बागमतीमा नबगेर खानेपानीको लाइनतिर जाने भयो,’ छत्कुलीले भने।

उनका अनुसार अब उक्त समस्या हल गर्नका लागि खानेपानीका लागि बाँधिएको बाँधको संरचनलाई केही फेरबदल गर्नुपर्ने हुन्छ। त्यसका बागमती सभ्यता एकीकृत विकास समितिले समिति गठन गरी प्रतिवेदन बुझाइसकेको र सरोकारवाला निकायसँग छलफल गर्ने तयारी रहेको उनले बताए।

योसँगै गुहेश्वरीदेखि माथि केही ढल सिधै बागमतीमा मिसाइएको उल्लेख गर्दै त्यसले पनि आयोजनामा असर पुर्याउने देखिएको छत्कुली बताउँछन्।

‘गुहेश्वरीभन्दा माथि ट्रंकलाइन भए पनि कति ठाउँमा ढलहरू सिधै बागमतीमा मिसाइएको छ। अनि हामीले माथि तालबाट सङ्लो पानी पठाउने तर यहाँ चाहिँ ढल मिसाइदिएपछि बागमतीमा बग्ने पानीको गुण्स्तर उहीँ नै हुनेभयो नि,’ उनले भने, ‘उक्त ढलहरूलाई ट्रंकलाइनमा जोड्न मिल्छ। त्यहीँ भएर अहिलेलाई यी दुई विषय मिलाउनुपर्ने छ।’

यो आयोजना कार्यान्वयनमा आएपछि शिवपुरी क्षेत्रमै योभन्दा झन्डै ९ गुणा ठूलो अर्को बाँध निर्माण गर्ने तयारी छ। झन्डै ९ किलोमिटर क्षेत्रमा फैलिने उक्त तालबाट प्रतिसेकेन्ड ४०० लिटर पानी बागमतीमा छोडिने बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.