Advertisement

गुल्मीमा डेंगुका १२३ जना संक्रमित भेटिए

0 66

Advertisement

२० भदाै, गुल्मी । गुल्मीमा डेंगुका बिरामीहरू दैनिक रूपमा बढ्दो क्रममा रहेका छन्।

जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा ५ जना, रेसुङ्गा नगरपालिकामा ६ जना संक्रमित भएका छन्। यस्तै, मुसिकोट नगरपालिकामा एक, मालिकामा एक, इश्मामा ३, गुल्मी दरबारमा एक, मदानेमा एक, कालीगण्डकीमा एक र प्राइभेट क्लिनिकहरूमा परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए।

पछिल्लो समयमा गुल्मीमा पनि डेंगुको संक्रमण गाउँ–गाउँ फैलिएकाले सचेत रहन र परीक्षण गर्नका लागि स्थानीय तहका स्वास्थ्य शाखाहरूसँग समन्वय गरिएको आचार्यले बताए। जिल्लामा परीक्षणका लागि गुल्मी अस्पताल र आफूहरूसँग पर्याप्त मात्रामा कीट रहेको आचार्यले बताए।

यता, गुल्मी अस्पतालका डा. उत्तम पच्याले यो रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको सुझाए। साँझमा सुत्दा झुल लगाएर सुत्ने, शरीर छोपिने गरी कपडाहरू लगाउने, घर वरपर पानी जम्ने खाल्डाखुल्डीहरू नराख्ने र उच्च ज्वरोसँगै स्वास्थ्यमा समस्या देखा परेमा नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउन उनको सुझाव छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.