Advertisement

कोरियामा कोरोनाबाट एकैदिन ७५ जनाको मृत्यु, भारतमा पनि बिरामी बढे

0 77

Advertisement

१५ भदाै, एजेन्सी । दक्षिण कोरिया, न्यूजिल्यान्ड र मलेसियामा कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या मंगलबार पनि अप्रत्यासित रूपमा बढेको छ। चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मंगलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्यूजिल्यान्डमा अनुसार १७ जनाको मृत्यु भएको छ।

न्यूजिल्यान्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ संक्रमितको संख्या लगातार घटेको छ। मंगलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले देशका विभिन्न भागमा दुई हजार दुई सय ४४ नयाँ बिरामी थपिएको बताएका छन्।

एक महिनाअघि न्यूजिल्यान्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए। बिरामीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। हाल न्यूजिल्यान्डमा कोभिड–१९ संक्रमितको संख्या १७ लाख २४ हजार सात सय २४ रहेको छ भने यो रोगको संक्रमणबाट एक हजार आठ सय ९३ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, मलेसियामा मंगलबार मध्यरातसम्मको विवरणअनुसार चार जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन्। हालसम्म मलेसियामा ३६ हजार दुई सय १० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। देशमा कूल ४७ लाख ८० हजार दुई सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन। मंगलबार एकै दिन ७५ जनाको मृत्यु भएको छ। सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख तीन हजार नौ सय ६१ जना नयाँ संक्रमित थपिएका छन्। हाल दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको संख्या दुई करोड ३२ लाख ४६ हजार तीन सय ८९ पुगेको छ।

सोमबारको तुलनामा मंगलबार भारतमा पनि कोरोनाका बिरामी बढेका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार सात हजार दुई सय ३१ जनामा कोभिड–१९ पुष्टि भएको जनाएको छ।

नयाँ बिरामी थपिएसँगै देशभरका संक्रमितको संख्या चार करोड ४४ लाख २८ हजार तीन सय ९३ पुगेको छ। मंगलबार उक्त रोग लागेर ४५ जनाको मृत्यु भएको छ। महामारी प्रारम्भ भएयता भारतमा कोरोना लागेर पाँच लाख २७ हजार आठ सय ७४ जनाको ज्यान गइसकेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.