Advertisement

प्रहरी महानिरीक्षकद्वय सिंह र अर्याल अमेरिका प्रस्थान

0 121

Advertisement

१४ भदाै, काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिकातर्फ प्रस्थान गरेका छन्।

बुधबारदेखि सुरु हुने तेस्रो संयुक्त राष्ट्रसंघका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी हुन दुवैजना गए राति न्युयोर्क प्रस्थान गरेका हुन्।

सिंह र अर्यालसँगै प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा पनि त्यसतर्फ प्रस्थान गरेका छन्। उक्त सम्मेलन तीन दिनसम्म चल्ने छ।

प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा गएको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघीय प्रहरी र अन्य कानुनसम्बन्धी प्रणाली निर्माणका साथै प्रहरीभित्र लैंगिक समानतालाई अगाडि बढाउने सन्दर्भमा स्वैच्छिक कम्प्याक्टको सुरुआत, प्रहरी क्षमता अभिवृद्धि गर्दै संयुक्त राष्ट्र संघीय प्रहरीको कार्यसम्पादन बढाउन जारी प्रयास तथा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा सुदृढ पार्ने एवं संयुक्त राष्ट्र संघीय प्रहरीका प्राथमिकतालगायत विषयमा छलफल हुनेछ।

महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणादत्त पौडेलले दैनिक प्रशासनिक कामकाज सम्हाल्नेछन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.