Advertisement

अवैध रुपमा बनाइएका नोयडाका ‘ट्विन टावर’ आज ध्वस्त पारिँदै

0 111

Advertisement

१२ भदाै, एजेन्सी ।अवैध रुपमा निर्मित भारतको नोयडाका ट्विन टावर आइतबार ध्वस्त पारिँदैछन्। आइतबार साढे २ बजे विस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिने बताइएको छ।

भवनमा बनाइएका ९ हजार ६ सय ४२ वटा प्वालमा विष्फोटक पदार्थ राखिएको छ। बारूदमा आगो लगाइएको पाँच सेकेन्डमा दुवै भवन ध्वस्त हुनेछन्।

लगभग ८ सय करोडको लागतमा यी भवन बनाइएका थिए। सुपरटेक बिल्डर्सले निर्माण गरेका यी दुई बिल्डिङ एक वर्षअघि सर्वोच्च अदालतले भत्काउन आदेश दिएको थियो।

मापदण्ड मिचेर ४० तले दुईटा भवन बनाइएको अदालतको ठहर छ। सुपरटेककै खर्चमा भवन भत्काउन आदेश दिइएको हो।

यसमा सयौं परिवारले फ्ल्याट बुक गराएका थिए। तीमध्ये कतिको रकम अझै फिर्ता भएको छैन। सर्वोच्चले भने फ्ल्याट किनेकालाई वार्षिक १२ प्रतिशत ब्याज जोडेर रकम फिर्ता गर्न आदेश दिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.