Advertisement

पुटिनले ल्याए रुसी सेनाको संख्या बढाउने कानुन

0 65

Advertisement

१० भदाै, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनको देशको सेनामा सैनिकको संख्या १९ लाखबाट २० लाख ४० हजारभन्दा बढि बनाउन निर्देशन दिएका छन् । यसका लागि उनले बिहीबार एक अध्यादेशमा हस्ताक्षर गरे । अध्यादेश आगामी वर्षको जनवरी १ देखि मात्र कार्यान्वयनमा आउनेछ ।

यसअघि सन् २०१७ नोभेम्बरमा रुसी सेनाको आकारको नयाँ सीमा तोकिएको थियो । त्यस समय रुसी फौजको युद्धका लागि तयार फौजको संख्या १०.१ लाख तोकिएको थियो भने समग्रमा सेनाको संख्या १९ लाख कायम गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

नयाँ कानुनअनुसार हालको ११.५ लाख युद्धका तयार फौजको संख्यामा थप १,३७,००० ले वृद्धि गरिनेछ । युक्रेनमा जारी युद्ध सातौं महिनामा प्रवेश गरेको अवसरमा पुटिनको अध्यादेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मस्कोले युद्धको पहिलो सातापछि उसको सेनामा भएको हताहतीको संख्या खुलाएको छैन ।

युद्ध सुरु भएको पहिलो साता रुसी अधिकारले आफ्नो पक्षका १३५१ सैनिकको मृत्यु भएको जानकारी दिएको थियो । पश्चिमी अधिकारीले भने रुसले हालसम्म ठूलो संख्यामा हताहती भोगेकाले संख्या नखुलाइएको अनुमान गरेका छन् । पछिल्लो समय किएभले द्वन्द्व सुरु भएयता आफूहरुले ४५,००० रुसी सैनिक मारेको दावी गर्यो ।

पछिल्लो युद्धमा रुसले जस्तै किएभले पनि नियमित रुपमा हताहतीको विवरण दिइरहेको छैन । तर गत सोमबार भने युक्रेनले विरलै गर्ने अपडेट गर्यो । त्यसमा उसले रुसी आक्रमणमा झण्डै ९००० युक्रेनी फौज मारिएको तथ्यांक दिएको छ ।

पुटिनद्वारा हस्ताक्षर भएको नयाँ अध्यादेशले सैनिक संख्या कसरी बढाइनेछ भन्ने कुरा स्पष्ट गरेको छैन, तथापि कानुनले सरकारलाई आवश्यक बजेट निकासा गर्न निर्देशन दिएको छ । इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रयाटेजिक स्टडिजको विश्वसनीय वार्षिक रिपोर्ट अनुसार यो वर्षको सुरुमा रुसी फौजमा ९ लाख सक्रिय सैनिक थिए भने रिजर्भ फोर्सको संख्या २० लाख देखएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.