Advertisement

कांग्रेस नेता प्रदीप गिरिको निधन
‘आजै अन्त्येष्टि गरिने’

0 95

Advertisement

०५ साउन, काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको शनिबार राति निधन भएको छ ।

क्यान्सरबाट पीडित गिरिको गएराती उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उहाँको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ । गिरिको पार्थिव शरीर विहान ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा राखिने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेसम्म राखेर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको पनि नेपाली कांग्रेसले जनाएको छ ।

श्रद्धान्जली कार्यक्रमपछि शवयात्रासहित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

प्रखर वक्ता तथा समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराई नेपाल फर्किनु भएको थियो । गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना गरिएका गिरिलाई पछिल्लो समय निमोनियाले च्याप्नुका साथै शरीरका धेरै अंगले काम गर्न छाडेका थिए ।

नेता गिरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिराहा १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.