Advertisement

पुटिनको अफर : १० सन्तान जन्माउनेलाई २० लाख

0 99

Advertisement

०२ भदाै, एजेन्सी । रुसको जनसंख्या कम भइरहेको छ । यसले देशका राष्ट्रपति भ्लादिमिर पुटिनलाई तनावमा पारेको छ । उनले यो संकटबाट निस्कनका लागि महिलालाई १० जना सन्तान जन्माउन आग्रह गरेका छन् । यस्तो गर्दा महिलालाई लगभग १६,००० डलर (२० लाख रुपैयाँ) दिइने द टाइम्सले बताएको छ ।

१० बालबालिका जन्माउने महिलालाई ‘मदर इन्डिया’ नामको अवार्ड पनि दिइनेछ । यो अवार्ड दोस्रो विश्वयुद्धका बेला दिने गरिन्थ्यो । त्यतिबेला पनि रुसको जनसंख्या तीब्र रुपमा घटिरहेको थियो । रुसले सन् १९९१ मा सोभियत संघ टुटेपछि यो अवार्ड दिन बन्द गरिएको थियो ।

महिलाले कहिले पाउनेछन् पैसा ?

पुटिनले यस्तो प्रस्ताव १५ अगस्टमा गरेका थिए । जसअनुसार महिलालाई एकमुष्ट रकम उपलब्ध गराइनेछ । यो रकम १० औँ सन्तान एक वर्ष पुरा भएको मौकामा आमाको अकाउन्टमा ट्रान्सफर गरिनेछ । आमाले कुनै हमलामा आफ्नो सन्तान गुमाएकी छिन् वा कारण वश बच्चाको मृत्यु हुन्छ भने पनि आमालाई पूरा २० लाख रुपैयाँ दिइनेछ ।

पुटिनको निर्णयमाथि विरोध

रुसी राजनीति र सुरक्षा विशेषज्ञ डा. जेनी म्याथर्सले यो निर्णयको विरोध गरेकी छिन् । उनले भनिन्, ‘यो वास्तवमा नै निकै अचम्मको कदम हो । मेरो भन्नुको अर्थ के हो भने रुसको जनसंख्यामा गिरावट पक्कै आएको छ । सन् १९९० को दशकपछि जनसंख्या बढाउन कोसिस पनि भइरहेको छ । रुस–युक्रेन युद्धपछि स्थिति थप मुश्किल भएको छ । थुप्रै रुसी सैनिकको ज्यान गएको छ ।’

‘कोरोना भाइरसले पनि मानिसको ज्यान लिएको छ । महिलालाई ठूलो परिवार बनाउन यो एक प्रयास हो तर १६ हजार डलरमा १० जना बच्चा कसरी हुर्काउने ? उनीहरु कहाँ बस्ने ? रुसमा थुप्रै आर्थिक, सामाजिक र राजनीतिक समस्या छन् ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.