Advertisement

दलहरुको मत विभेदका कारण नामाकरण टुंगिन सकेन : प्रदेश सभामुख

0 105

Advertisement

०१ भदाै, काठमाडाैं । प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले अहिलेकै संसद्‌बाट प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको बताएका छन्।

उनले चालू संसद्‌बाट प्रदेशको नामाकरण हुने सम्भावना न्यून रहेको बताएका हुन्। पार्टीहरुका आफ्ना–आफ्ना अडान र नेताहरुको केन्द्रिकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको उनले दाबी गरे।

उनले प्रदेश संसद्ले प्रदेशको नामाकरणका लागि दलहरुबीचमा छलफल गराए पनि सहमति हुन नसकेको बताए। ण्प्रदेश सभामुख भण्डारीले राजनीतिक दलहरुमा पनि भूगोल, जातियता, प्राकृतिक, सांस्कृतिक पहिचान झल्कने खालका नाममा आ–आफ्नो अडान राख्दा सहमति जुट्न नसकेको दाबी गरे।

प्रदेशको नामाकरणका लागि दलहरुको सहमति आवश्यक रहेको भन्दै कुनै दलले चाहेर मात्रै नामाकरण गर्न नमिल्ने उनको भनाइ छ।

उनले प्रदेशको नाममा सहमति बनाउन दुई तिहाई सांसदहरुको सहमति हुनुपर्ने बताए। कार्यकाल सकिन लाग्दासमेत प्रदेशको नामाकरण गर्न नसकेकोप्रति दुःख लागेको उनको भनाइ छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.