Advertisement

वीरगञ्जबाट ८ जना फरार अभियुक्त पक्राउ

0 89

Advertisement

३१ साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट एकै दिनमा ८ जना फरार अभियुक्त पक्राउ गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भई पर्सा जिल्ला अदालतबाट दण्ड जरिवाना तोकिएपछि फरार रहेका ८ जनालाई पक्राउ गरिएको हो ।

२६ वर्षअघि जुवा मुद्दामा ५० रुपैयाँ जरवाना तोकिएका लगायत विभिन्न मुद्दामा पर्सा जिल्ला अदालतबाट कसुरदार ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वि.स.२०५३ साउन ३२ गतेको फैसलाले जुवा मुद्दामा दोषी ठहर भएका वीरगञ्ज २ बस्ने निरञ्जन शर्मा, वि.स.२०६९ भदौ १० गतेको फैसलाले किर्ते जालसाजी मुद्दामा दोषी ठहर भएका वीरगञ्ज १ बस्ने पानवा मलिन, वि.स. २०६३ मंसिर २१ गतेको

फैसलाले कुटपिट मुद्दामा दोषी ठहर भएका वीरगञ्ज १ बस्ने मदन पण्डित, वि.स. २०६७ पुष २९ गतेको फैसलाले लुटपिट मुद्दामा दोषी ठहर वीरगञ्ज-१ मै बस्ने पनमतीया देवी तुराह, वि.स. २०७२ चैत २५ गतेको फैसलाले सार्वजनिक अपराध मुद्दामा दोषी ठहर गरेको वीरगञ्ज १ जावेद भन्ने बट्टु मिया अन्सारी पक्राउ परेका छन् ।

यस्तै, वि.स. २०७६ माघ ०९ गतेको फैसलाले विदेशी विनिमयको मुद्दामा दोषी ठहर वीरगञ्ज-६ बस्ने कामेश्वर साह कलवार, वि.स.२०७७ चैत १९ गतेको फैसलाले चेक अनादर मुद्दामा दोषी ठहर वीरगञ्ज-१६ बस्ने रामआशिष प्रसाद बरै, वि.स. २०७८

मंसिर ०६ गतेको फैसलाले दुनियाँवादी फौजदारी मुद्दामा दोषी ठहर वीरगञ्ज-४ बस्ने कुन्दनकुमार वर्णवाललाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

पर्सा जिल्ल्ाा अदालतले शर्मालाई ५० रुपैयाँ, पानवालाई २० रुपैयाँ, मदनलाई २५० रुपैयाँ, पानमतीयालाई ३७६७.५० रुपैयाँ, जावेदलाई २०० सय रुपैयाँ, कामेश्वरलाई २९९४८.१० रुपैयाँ, रामआशिष र कुन्दनलाई ३/३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन टोलीले ११ जनालाई पक्राउ गरी साउन २९ गते पर्सा जिल्ला अदालतलाई बुझाएको थियो । अदालतले ३ जनाको लगत कट्टा मात्रै नगरेको पाइएपछि उनीहरु तत्कालै रिहा भएका थिए भने बाँकी ८ जनाले अदालतले तोकेको जरिवाना तिरेर घर फर्किएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान, जबरजस्ती करणी, बैकिंङ कसुर, नकावजनी चोरीलगायतका विभिन्न जघन्य अपराध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका अन्य प्रतिवादीलाई समेत पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.