Advertisement

मुलुकलाई कांग्रेस र कम्युनिस्टको चक्रब्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

0 90

Advertisement

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई कांग्रेस र कम्युनिस्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलक तीन दशकदेखि कांग्रेस र कम्युनिस्ट पार्टीको चक्रब्यूहमा रहेको र अहिलेको निर्वाचनबाट त्यसलँई तोड्नुपर्ने बताएका हुन् ।

‘आउने निर्वाचनलाई नेपाली जनता जो ३ दशकदेखि कांग्रेस कम्युनिस्टको चक्रब्यूहमा फसेका छन् । देश यिनीहरुको चक्रब्यूहमा फसेको छ । त्यसबाट निकाल्ने अवसरको रुपमा यसलाई दुरुपयोग गर्नुपर्छ’ उनले भने ।

उनले मुलुकलाई चक्रब्यूहबाट बाहिर निकाल्न राप्रपाको चुनाव चिह्नलाई साझा चुनाव चिह्नका रुपमा उपयोग गर्न पनि प्रस्ताव गरेका छन् ।

भ्रष्ट नेतालाई विस्थापित गर्न चुनाव सबैभन्दा राम्रो मौका निर्वाचन भएको लिङ्देनले बताए । ‘नेपाली जनाताले आफ्नो भ्रष्ट नेता विस्थापित गर्न लाठी बोक्न पर्दैन स्वस्तिक छापको ठीक ढंगले प्रयोग गरे पुग्छ’ उनले भने ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.