Advertisement

परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली टोली चीनमा, आज दुईपक्षीय छलफल हुने

0 92

Advertisement

२५ साउन, काठमाडौँ । चिन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काको नेपाली टोली र चिनियाँ प्रतिनिधिबीच आज छलफल हुने भएको छ । यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा-छहरे सुरुङमार्ग र काठमाडौँ-केरुङ रेलमार्गको विषयमा चीनसँग छलफल गर्ने तयारी छ ।

यसअघि सहमति भएको सीमा व्यवस्थापन, आपसी कानुनी सहायता सन्धि, सगरमाथा संरक्षणसम्बन्धी सहकार्य, प्रकोप व्यवस्थापन र आपत्कालीन उद्धारमा सहकार्यलगायतका विषयमा पनि चीनसँग छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै व्यापारसम्बन्धी संयुक्त कार्य समूह, सीमा सुरक्षामा उपकरणसम्बन्धी सहकार्यका विषयमा पनि छलफल हुनेछ ।

चिनियाँ स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै हिजो चीनको साङदोङ प्रान्तको छङ्दाओ सहर जानुभएको हो ।

टोलीमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत सहभागी छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.