Advertisement

गाजामा भएको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

0 93

Advertisement

२३ साउन, काठमाडाैँ । संयुक्त राष्ट्रसंघले महासचिव एन्टोनियो गुटर्रेसले गाजामा भएको युद्धविरामको स्वागत गरेका छन् । प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलका तर्फबाट हमला भएको थियो । त्यसमा परेर ४३ जनाको ज्यान गएको थियो ।

महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी भएको बताएका थिए ।

उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरूको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटर्रेसले हाल इजरायल र गाजाका तर्फबाट भएको युद्ध विरामको स्वागत गर्दै आगामी दिनमा दुवै तर्फलाई शान्तिको माध्यमबाट अघि बढ्ने काममा सहयोग गर्ने बताएको जानकारी दिए ।

उनले हिंसात्मक हमलाका घटनाहरु नहोउन् भनेर दुवै तर्फबाट संयमता अपनाउन पनि सबैलाई आग्रह गरेको प्रवक्ता डुजारिकको विज्ञप्तिमा जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.