Advertisement

संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न माग

0 65

Advertisement

२३ साउन, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद रहेको छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्बासेले संविधान संशोधन गरी त्यसलाई सात सदस्यीय बनाउन उपयुक्त हुने तर्क गरिन् ।

संवैधानिक परिषदसम्बन्धी विधेयक सभामा छलफल भईरहेको उल्लेख गर्दै उनले त्यसमा सो व्यवस्था गर्न सबै सांसदहरुको ध्यानाकर्षण समेत गराइन् । उनले भनिन्, ‘संवैधानिक परिषदमा संविधान नै संशोधन गरेर भएपनि सात सदस्य हुने व्यवस्था गर्न म माग गर्दछु ।

प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षको नेता, उपसभामुख रहने व्यवस्था छ । यसमा राष्ट्रियसभाको उपाध्यक्ष राखेर सात जनाको व्यवस्था गरियोस् भन्ने म माग गर्न चाहन्छु । यतिबेला संवैधानिक परिषद विधेयक हाम्रो हातमा छ ।

हामी संशोधनको तयारीमा छौं । पास गर्ने तयारीमा छौं । म सबै माननीयज्यूहरुको यसमा ध्यान जाओस् भन्ने कुरा राख्न चाहन्छु । यो सात जनाको बनाइयोस्, जसबाट बहुमत ४ जनाको हुन्छ । चार जनाको कोरम पुगेपछि निर्णय गर्दाखेरी एउटा सम्मानजनक अवस्थामा हामीले देशका संवैधानिक अंगहरूमा त्यो नियुक्त गर्न सक्छौं भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’

सांसद बेल्बासेले संवैधानिक परिषदलाई आफ्नो काम सहज ढंगले अघि बढाउन पनि सात सदस्यीय बनाउन उपयुक्त हुने दावी गरिन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.