Advertisement

पूर्वसिनेटरको शव जलाइएको अवस्थामा भेटियो

0 64

Advertisement

२३ साउन, काठमाडौँ । श्रम तथा सामाजिक मामिला मन्त्रालयमा काम गरेका पूर्वसिनेटरलाई हाइटीको राजधानी नजिक हत्या गरिएको छ ।

भोन बुइस्सेरेथ र नाम नखुलेका उनका भतिजाको शव सँगै जलाइएको अवस्थामा फेला परेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

उनीहरूको लाश लावुले समुदायमा भेटिएको प्रहरीले जनाएको छ । गत वर्षको जुलाईमा हाइटीका राष्ट्रपति जोभेनल मोइसलाई आफ्नो निजी निवासमा हत्या गरिएको स्थान पेलेरिन नजिक उनीहरूको लाश भेटिएको हो ।

पछिल्लो समय हाइटीको सामाजिक आवास प्रवर्द्धनका लागि सार्वजनिक कम्पनीका निर्देशक रहेका बिस्सेरेथ र उनका भतिजाको लाश सरकारी कारभित्र जलाइएका अवस्थामा फेला पारिएको हो ।

सरकारी अधिकारीहरूले सो क्षेत्रमा आफ्नो नियन्त्रण जमाउने प्रयासमा रहेको कुनै आपराधिक समूहको यस घटनमा हात हुनुपर्ने बताएका छन् । सो क्षेत्रमा आफ्नो कावु राख्न दि टि मकाक ग्यांग र टोटो ग्यांगबीच कडा प्रतिस्पर्धा चल्दै आएको छ ।

राष्ट्रपति मोइसको हत्या पश्चात् राजधानी पोर्ट ओ प्रिन्समा ग्यांगहरूबीचको भिडन्त चर्किँदै गइरहेको छ । ती ग्यांगहरूले दर्जनौँ सर्वसाधारणको हत्या गरिसकेका छन् । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पूर्वसिनेटरको हत्याको कडा शब्दमा निन्दा गरेका छन् ।

हाइटी विश्वका अति गरिब मुलुकमध्ये एक हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.