सुनको भाउ फेरि बढ्न थाल्यो, चाँदीको भने स्थिर
१९ साउन, काठमाडाैं । नेपाली बजारमा सुनको भाउ फेरि बढ्न थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको हो।
महासंघले बिहीवारका लागि छापावाल सुनको भाउ प्रतितोला ९६ हजार एक सय रुपैयाँमा तोकेको छ । त्यस्तै तेजावी सुनको भाउ ९५ हजार ८ सय रुपैयाँमा कायम गरेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यो बढ्दा यसको असर स्थानीय बजारमा परेको छ। बिहीबार सुन प्रतिऔंस १७७१.५९ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २०.२२ डलर छ।
बिहीबार नेपाली बजारमा चाँदीको भाउ भने स्थिर छ। चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।