Advertisement

विकिपेडियासँग किन असन्तुष्ट छन् एलन मस्क ?

0 105

Advertisement

१६ साउन, एजेन्सी । अनलाइन इनसाइक्लोपेडिया प्लाटफर्म विकिपेडियाले आर्थिक मन्दी (resession) सम्बन्धी पेजलाई सम्पादन गर्न नसकिने बनाएपछि विश्वका नम्बर एक धनाढ्य एलन मस्कले त्यसको आलोचना गरेका छन् ।

टेस्ला सिइओ मस्कले विकिपेडियाका सह सस्थापक जिम्मी वेल्समाथि तिक्ष्ण आलोचना गर्दै विकिपेडियाले आफ्नो वस्तुपरकता गुमाउँदै गएको टिप्पणी गरेका छन् ।

ट्वीटरमा सोधिएको प्रश्नका जवाफ दिँदै मस्कले विकिपेडियामा रहेको आर्थिक मन्दीको पेज सम्पादन गर्नबाट प्रयोगकर्तालाई बन्देज लगाइएको विषयमा असन्तुष्टि व्यक्त गरेका हुन् । विकिपेडियाका सस्थापक जिम्मी वेल्सलाई ट्याग गर्दै उनले लेखेका छन् : विकिपेडियाले आफ्नो वस्तुपरकता गुमाउँदै गएको छ ।

न्युयोर्क पोस्टका अनुसार विकिपेडियाको च्भअभककष्यल (आर्थिक मन्दी) को विषयको पेजमा प्रयोगकर्ताहरुबीच सम्पादन गर्ने युद्ध नै चलेपछि विकिपेडियाले अगष्ट सम्मका लागि उक्त पेजलाई सम्पादन गर्न नमिल्ने बनाएको छ ।

खासगरी अमेरिकी सरकारले पछिल्लोपटक सार्वजनिक मुलुकको आर्थिक तथ्यांकमा कुल गाह्र्रस्थ उत्पादनमा गिरावट आएतापनि त्यसलाई आर्थिक मन्दी मान्न तयार नभएपछि विकिपेडियाको आर्थिक मन्दी सम्बन्धी पेजमा आर्थिक मन्दी लगायतका विषयमा आ आफ्ना परिभाषा तथा तथ्य तथ्यांक राख्नका लागि बाइडेन समर्थक र विरोधीहरुबीच तिव्र होडबाजी नै चलेको छ ।

त्यसक्रममा एकजना विकिपेडिया प्रयोगकर्ताले उक्त पेजलाई सम्पादन गरी आर्थिक मन्दी अर्थात् च्भ्अभककष्यल को मान्य परिभाषा जनाउने सन्दर्भ सूचिहरु नै हटाइदिए । साथै आर्थिक मन्दीको बारेमा विश्वका कुनैपनि सर्वमान्य परिभाषा नरहेको उनले ठोकुवा गरे ।

उक्त पेजमा निरन्तर सम्पादनको युद्ध चलेपछि विकिपेडियाले त्यसलाई लक गरिदिएको छ । हाल च्भअभककष्यल पेजको माथि दायाँपट्टि लक आइकन देख्न सकिन्छ । यो भनेको उक्त पेज अर्धसंरक्षित हो । दर्ता नभएका प्रयोगकर्ता तथा कन्फर्म्ड वा अटो कन्फर्म्ड नभएका अकाउन्टबाट उक्त पेजलाई सम्पादन गर्न मिल्दैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.