व्यापार बढाउँदै यति कार्पेट
१६ साउन, काठमाडाैँ । कार्पेट उत्पादनमा अग्रणी रहँदै आएको यति कार्पेट प्रालस्ले आफ्नो व्यवसायलाई तीव्र विस्तार गदै लगेको छ ।
कम्पनीले सन २०२२ को पहिलो नौ महिनामै बिक्रीबाट २४ करोड ४७ लाख रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ । सन २०२१ मा कम्पनीको बिक्री आय १९ करोड २५ लाख थियो । यतिले नन उभन र टफ्डका विभिन्न प्रकारका कार्पेट उत्पादन गर्दै आएको छ ।
केडिया अर्गनाइजेसन र रिलायन्स ग्रुपको समान संयुक्त लगानीको सो कम्पनीले विरगञ्ज औद्योगिक क्षेत्रमा १ लाख वर्गफिट क्षेत्रफलमा कार्पेट उत्पादन गर्दै आएको छ।
सन् २०१८ मा तत्कालीन यति फेब्रिक लिमिटेड खरिद गरी स्थापित सो कम्पनीमा अनिल कुमार केडियाको २५ प्रतिशत आयुस केडियाको १५ प्रतिशत नरेन्द्र कुमार अग्रवालको १३ प्रतिशत र लोकेस तोडीको १३ प्रतिशत मुख्य शेयर हिस्सा छ ।
नयाँ उद्योगमार्फत सन् २०२० देखिमात्रै उत्पादन थालिएको थियो । कम्पनीले बेल्जियम चीन तथा भारतबाट ल्याएको आधु्निक उपकरणमार्फत कार्पेट उत्पादन गर्दै आएको छ ।
आफ्नो व्यवसायलाई विस्तार गर्न खोजिरहेको कम्पनीले दिर्घकालीन ऋणका लागि इक्रा रेटिङ एलबी प्लस र अल्पकालीनका लागि ए फोर पाएको छ । कम्पनीले ४१ करोड द्धिर्घकालीन तथा १८ करोड अल्पकालिन कर्जाका लागि रेटिङ गराएको हो।