Advertisement

आठ घण्टापछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

0 127

Advertisement

१६ साउन, काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो ।

आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडकखण्ड पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

बिहान ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड अहिले बिहान १० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । बिहान पनि वर्षा भइरहेको र ढुङ्गा खसेका कारण दुईतर्फी सञ्चालनमा ल्याउन ढिलाइ भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.