Advertisement

काठमाडौं उपत्यकामा एकैदिन २३ सय ८९ जना सवारी चालकमाथि कारवाही

0 164

Advertisement

१६ साउन, काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३८९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा आइतबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४० जना, मदिरा पिएर सवारी साधन चलाउने ११८ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९४ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना रहेका छन् ।

यस्तै, सडक लेन उल्लंघन गर्ने ८० जना, ढोका खुल्लै राखेर सवारी चलाउने ८२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.