Advertisement

मङ्कीपक्सबाट ब्राजिल र स्पेनमा एक-एक जनाको मृत्यु

0 119

Advertisement

१४ साउन, बीबीसी मङ्कीपक्स भाइरस सङ्क्रमणका कारण ब्राजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। त्यसको केहीबेरमा स्पेनले समेत सङ्क्रमणबाट पहिलो मृत्यु घोषणा गरेको छ, जुन युरोपमै पहिलो घटना हो।

गतसाता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ती व्यक्ति लिम्फोमा भनिने एक प्रकारको क्यान्सरबाट पीडित रहेको र कमजोर प्रतिरक्षा प्रणाली, तथा एउटा भन्दा धेरै रोगले ग्रसित अवस्थामा रहेको बताएको छ।

ब्राजिलमा अहिलेसम्म मङ्कीपक्सबाट १ हजार ६६ सङ्क्रमित पुष्टि भएका र ५१३ जना सन्दिग्ध बिरामी रहेको बताइएको छ।

स्पेनको स्वास्थ्य मन्त्रालयले आफ्नो एउटा विवरणमा ३ हजार ७५० सङ्क्रमित जानकारीमा रहेको जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.