Advertisement

सातामा प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

0 149

Advertisement

१४ साउन, काठमाडाैँ । यो साता सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो सातासम्ममा सुनको मूल्य १६ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ छ ।

यो साताको आइतबार तोलामा ४०० ले बढेको सुनको मूल्य साेमबार पुनः १०० रुपैयाँ बढेको थियो । यस्तै, मंगलबार ३०० र बुधबार २०० रुपैयाँ घटेको थियो । यसका साथै, विहीबार ८०० रुपैयाँले र शुक्रबार ८०० रुपैयाँले बढेको थियो ।

यसैगरी, यो साता चाँदीको ५५ रुपैयाँ बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा १२ सय २० रुपैयाँ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.