Advertisement

आन्तरिक परामर्श गर्न परेकाले अमेरिकालाई पत्र पठाउन ढिलाई भयो : परराष्ट्रमन्त्री

0 76

Advertisement

१३ साउन, काठमाडौं परराष्ट्रमन्त्री नारायाण खड्काले एसपीपीको विषयमा केहि आन्तरिक छलफल गर्नु परेकोले अमेरिकालाई पत्र पठाउन केहि समय लागेको बताएका छन्। यद्यपी साउन ९ गते कुटनीतिक माध्यमबाट पत्र पठाइसकेको उनले प्रतिनिधि सभामा जानकारी गराए।

परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सार्वजनिक महत्वको विषय प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्। ‘एसपीपीलाई अगाडि नबढाउने भनेर नेपाल सरकारको मन्त्री परिषद्‌बाट निर्णय भइसकेको थियो।

सरकारबाट निर्णय भइसकेको परिपेक्षमा परराष्ट्र मन्त्रालयलले यसलाई कार्यन्वयन गरिसकेको व्यहोरा सम्मानित संसदलाई जानकारी दिन्छु,’ मन्त्री खड्काले भने,‘यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले २०७९ साउन ९ गते कुटनीतिक माध्यमबाट लिखित पत्रमार्फत् एसपीपीलाई अगाडि नबढाउने भनेर नेपाल सरकारले अमेरिका सरकारलाई पत्र पठाएको जानकारी गराउँछु। पत्राचारको लागि आन्तरिक परामर्शका निम्ती समय आवश्यक रहेकोले यो पत्रचार गर्न केहि समय लागेको हो।’

मन्त्री खड्काले सरकारले गरेको निर्णयमा दृढ रहेको र नेपालले अपनाएको असंग्लन परराष्ट्र नीति अनुरुप सरकार सञ्चालन हुने दाबी गरे। ‘सरकारको दृष्टकोण स्पष्ट थियो र त्यहि अनुसार पत्र पठाएको हो। विभिन्न निकायसँग आन्तरिक छलफलका लागि समय आवश्यक थियो। संयुक्त राष्ट्रसंघको वडापत्र र असंग्लन परराष्ट्र नीति अनुसार सरकार अघि बढेको छ र त्यहि अनुसार परराष्ट्र नीति अंगिकार गरेको छ,’ मन्त्री खड्काले भने,‘त्यस्तो नीतिमा अडिक रहेकोले कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने कुरामा सरकारले सोच्न पनि सक्दैन।’

असार ६ गतेको मन्त्रिपरिषद्ले एसपीपी कार्यक्रम अस्विकार गर्ने व्यहोराको पत्र अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयलाई जिम्मा दिएको थियो। परराष्ट्र मन्त्रलायले अहिलेसम्म उक्त पत्र अमेरिकी सरकारलाई नपठाएको भन्दै प्रतिनिधि सभामा निरन्तर सरकारमाथि प्रश्न उठेको थियो।

संसद्‌मा उठेको उक्त विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेपछि सरकारका तर्फबाट परराष्ट्रमन्त्री खड्काले शुक्रबार संसद्‌मा जवाफ दिएका हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.