Advertisement

बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा, माओवादीले भनेअनुसार सिट बाँडफाँट हुँदैन : शेखर कोइराला

0 101

Advertisement

११ साउन, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको बताएका छन् । सत्ता गठबन्धनका पाँच दलमध्ये काँग्रेस बाहेकका दलले बाम गठबन्धन गर्ने गृहकार्य गरिरहेको बेला कोइरालाको यस्तो धारणा आएको हो ।

नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

सङ्घ र प्रदेशको निर्वाचनमा नेपाली काँग्रेसलाई कम क्षति हुने गरी कसरी तालमेलमा जाने भनेर विभिन्न राजनीतिक दलहरूसँग छलफल भइरहेको उनले बताए ।

तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली काँग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ज्ञारेन्टी हुनुपर्ने कोइरालाले बताए । तालमेलका लागि उनले तीन सर्त राखे । पहिलो, आर्थिक सामाजिक रूपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने, दोस्रो, वैदेशिक नीतिमा न्यूनतम समझदारी हुनुपर्ने र तेस्रो, ५ वर्ष नेपाली काँग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने उनको सर्त छ ।

सङ्घ र प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धन भित्र हुने सिट बाँडफाटमा माओवादी केन्द्रले भनेअनुसार जान नसकिने उनले बताए ।

गिरिजाबाबुले भनेजस्तो सहमति, सहकार्य र एकता पहिला काँग्रेसभित्र हुनुपर्ने र त्यसपछि अन्य तालमेल गर्ने दलसँग खोज्नुपर्ने उनले बताए । प्रदेश र सङ्घको निर्वाचनमा जाँदा स्थानीय तहमा तालमेल गर्दा देखिएको कमजोरी दोहोरिन नहुने कोइरालाको भनाइ थियो ।

काँग्रेस भित्रको गुटगत राजनीति गर्दा पार्टी कमजोर भइरहेको भन्ने पत्रकारको जिज्ञासामा उनले वैचारिक राजनीतिमा फरक धारणा आउनु सामान्य भएको बताउँदै कम्युनिस्ट, जसपा लगायत अन्य दलसँग लड्दा काँग्रेस एकढिक्का हुनुपर्ने बताए ।

अङ्गीकृत नागरिकता भन्ने बित्तिकै दक्षिणतिर हेरेर बहस गर्ने गरेकोमा असन्तुष्टि जनाउँदै उनले नेपाली केटासँग विवाह गरेर आएकी विदेशी महिलाले अर्को देशको नागरिकता त्यागेपछि नेपाली नागरिकता दिनुलाई गलत ठान्न नहुने तर्क गरे ।

सङ्घीयता राम्ररी कार्यान्वयन हुन नसकेको बताउँदै उनले अधिकारविहीन सङ्घीयताले सङ्कट निम्त्याउन सक्नेमा सचेत हुनुपर्ने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.