Advertisement

एक वर्षमा उद्योगमा ३ खर्ब ४३ अर्बको लगानी प्रतिबद्धता

0 158

Advertisement

०८ साउन, काठमाडौं । एक वर्षमा मुलुकभर ३०९ वटा उद्योगहरु दर्ता भएका छन् । उद्योग विभागकाअनुसार यी उद्योगमा कुल ३ खर्ब ४३ अर्ब लगानी गर्ने उद्योगीहरुले प्रतिबद्धता जनाएका छन् ।

जसमध्ये ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी रहेको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । यससँगै मुलुकभर दर्ता भएका उद्योगको कुल संख्या ८ हजार ७६४ पुगेको पनि विभागले जनाएको छ ।

‘आव ०७८/७९ मा २९५ वटा विदेशी उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता स्वीकृत गराएका छन्,’ महानिर्देशक तिवारीले भने, ‘दर्ता भएका मध्ये ९१ वटा उद्योग ठूला, १०८ वटा उद्योग मझौला र ११० वटा उद्योग साना छन् ।’

अघिल्लो आव २०७७/७८ मा कुल २०३ उद्योग विभागमा दर्ता भएका थिए । जसमा ४२ वटा ठूला, ४९ वटा मझौला र ११२ वटा साना उद्योग थिए ।

कोभिड–१९ महामारीका कारण अवरुद्ध भएको लगानीको महोल फर्किएको संकेत यस वर्षको तथ्यांकले देखाएको विभागकी सूचना अधिकारी पूर्णिमा उपाध्याय बताउँछिन् ।

‘आव ०७७/७८ को तुलनामा उद्योग दर्ता र लगानी प्रतिद्धता झण्डै दोब्बरले बढेको छ,’ निर्देशक उपाध्याय भन्छिन्, ‘मुलुकमा लगानी आकर्षित हुनुमा औद्योगिक वातावरणमा भएको सुधार पनि मुख्य कारण हो ।’

नेपालमा लगानी गर्न कोभिड-१९ महामारीको त्रास हटेको र लगानी भित्र्याउने मुलुकहरुमा पनि कोभिड समस्या हट्दा थप लगानीको माहोल बनेको उनको दाबी छ ।

वैदेशिक लगानी कुन क्षेत्रमा कति ?

चालु आवमा सबै भन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा देखिएको विभागले जनाएको छ ।
कुल २९५ मध्ये पर्यटनमा १२६ वटा परियोजनाका लागि १९ अर्ब ५५ करोड लगानी प्रतिबद्धता भएको छ । दोस्रो धेरै विदेशी लगानी प्रतिबद्धता सेवा क्षेत्रमा छन् ।

गत आवमा यस क्षेत्रमा ९९ वटा उद्योगका लागि २३ अर्ब ८४ करोड लगानी प्रस्ताव गरिएको छ । उत्पादन क्षेत्रमा ५१ वटा परियोजनाका लागि ७ अर्ब ९१ करोड र र पूर्वाधार क्षेत्रमा क्षेत्रमा ८ वटा परियोजनाका १ अर्ब ७२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

यस्तै उर्जा क्षेत्रमा एक, सूचना प्रविधिमा ६ र कृषि तथा वनसँग सम्बन्धित ४ परियोजनमा लगानी प्रतिबद्धता आएको छ । यी उद्योगले १६ हजार ७४३ जनालाई रोजगारी प्रदान गर्ने विभागले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.