Advertisement

बढ्यो सुनचाँदीको मूल्य

0 162

Advertisement

०४ साउन, काठमाडाैँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ छ । जुन,हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो ।

हिजो मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज ५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ । हिजो मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.