Advertisement

हिमालय एयरलाइन्सले कुवेत उडान भर्ने

0 72

Advertisement

३२ असार, काठमाडाैँ । हिमालय एयरलाइन्सले कुवेतमा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ । निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति १० : ३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ९ः १७ बजे काठमाडौँ अवतरण गरेको थियो ।

उडान उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिहरूको उपस्थिति रहेको थियो । एयरलाइन्सले हरेक शुक्रबार काठमाडौँदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्नेछ ।

अरबी प्रायद्वीपको देश, कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो ।

यस सन्दर्भमा काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी बन्न पाउनु हिमालय एयरलाइन्सको लागि गर्वको कुरा भएको कम्पनीले जनाएको छ । कम्पनीका प्रशासनिक उपाध्यक्ष, विजय श्रेष्ठले भने, ‘हिमालय एयरलाइन्स एक प्रगतिशील वायुसेवा कम्पनी हो, जसले यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको छ । हिमालयले काठमाडौँ– कुवेत–काठमाडौँ सेक्टरको सुरुवात पनि सोही भावना अनुरूप गरेको हो ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.