Advertisement

इटालीका प्रधानमन्त्री मारियोद्वारा राजीनामा

0 88

Advertisement

३१ असार, काठमाडौँ । गठबन्धन टुटेपछि इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् ।

लोकतान्त्रिक गठबन्धन साझेदार फाइभ स्टारले विश्वासको मतमा दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री मारियो द्राघीले अल्पमतमा परेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

युरोपेली केन्द्रीय बैङ्कका पूर्व प्रमुखसमेत रहेका द्राघीले फेब्रुअरी २०२१ देखि इटाली सरकारको नेतृत्व गरेका थिए ।

शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै उनले संयुक्त सरकार टिकाउने विश्वासको सन्धि टुटेको जिकिर गरेका छन् ।

यसैबीच प्रधानमन्त्री द्राघीले दिएको राजीनामा राष्ट्रपति सर्जियो माटारेल्लाले अस्वीकार गर्दै पुनर्विचार गर्न आग्रह गरेका छन् ।

विगत एक दशकमा इटालीका छैटौँ प्रधानमन्त्री द्राघीले इटालीलाई कोभिड-१९ पछिको महामारी रिकभरीको नेतृत्व गरेका थिए ।

द्राघीले देशलाई महामारीको अस्थिरताबाट बचाउन महत्त्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा पाएका थिए । राष्ट्रपतिले द्राघीलाई अब राजनीतिक अवस्थाको स्पष्ट चित्र प्रस्तुत गर्न संसदलाई सम्बोधन गर्नसमेत आह्वान गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.