Advertisement

जेलमा गएर गुण्डा नाइकेलाई भेटेको आरोप लागेका डीएसपीलाई कारबाही, वृत्त प्रमुखको जिम्मेवारी डीएसपी भण्डारीलाई

0 125

Advertisement

२२ असार, काठमाडौं । केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न कारागार पुगेको आरोप लागेका प्रहरी वृत्त स्वयम्भूका तत्कालीन डीएसपी मिलन केसीलाई कारबाही गरिएको छ।

डीएसपी केसीलाई विभागीय कारबाही स्वरुप नसियत दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता थथा एसएसपी विष्णुकुमार केसीले जानकारी दिए उनलाई रेकर्डमा जनिने गरी नसियत दिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले डीएसपी केसीलाई विभागिय कारबाहीका लागि सिफारिस गरेको थियो। सोही अनुसार उनलाई कारबाही गरिएको हो।

कारागारमा पुगेर डीएसपी केसी आफैंले गुण्डा नाइके बस्नेतलाई भेटेको भन्दा पनि अन्य व्यक्तिलाई भेटका लागि सहजीकरण गरेको छानबिन समितिले ठहर गरेको थियो।

आफ्नो क्षेत्रभन्दा बाहिर गएर भेट गर्दा माथिल्लो निकायलाई जानकारी गराउनुपर्नेमा बिना जानकारी कारागार पुगेको पनि समितिले औंल्याएको थियो।

जेठ २९ गते केसी अर्का विवादास्पद पात्र अमृत केसीलाई लिएर बस्नेतलाई भेट्न कारागार पुगेका थिए। बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई बानेश्वरमा गोली हानी हत्या गरको आरोपमा पुर्पक्षमा कारागारमा छन्।

कारागारमा गएर बस्नेतलाई भेटेको भन्ने आरोप लागेपछि डीएसपी केसीलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको थियो। अहिले पनि उनी रानिपोखरीमै कार्यरत छन्। प्रहरी वृत्त स्वयम्भूको जिम्मेवारी डीएसपी श्रीराम भण्डारीलाई दिइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.