Advertisement

बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने

0 61

Advertisement

२२ असार, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने गरी नीतिगत परिवर्तन गरेको छ ।

बोर्डले धितोपत्र व्यवसायी, धितोपत्र दलाल, (धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ संशोधन गरी उक्त व्यवस्था गरेको हो ।

संशोधित नियमावली अर्थ मन्त्रालय र मन्त्रिपरिषदबाट जस्ताको त्यस्तै लागू भए अब हरेक वर्ष ब्रोकर लाइसेन्सका लागि नेप्सेले आवेदन खुला गर्नेछ भने निजी कम्पनी र संस्थागत कम्पनी दुवैले सेयर ब्रोकरका लागि आवेदन दिन सक्नेछन् ।

अब बैङ्कको सहायक कम्पनीसँगै अरु प्राइभेट कम्पनी, पब्लिक कम्पनी सबैलाई ब्रोकर लाइसेन्स लिन बाटो खुला भएको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए ।

हामीले मापदण्ड पुगेका सबै आवेदनलाई ब्रोकर लाइसेन्स पाउने गरी नीतिगत व्यवस्था गर्दै छौँ,’ उनले भने, ‘यो व्यवस्था पूर्ण रूपमा पारदर्शी हुन्छ । पहुँच र शक्तिको आधारमा लाइसेन्स पाउने व्यवस्थाका अन्त्य भएको छ ।’

नेपालको कानुनले बैङ्कको सहायक कम्पनीले सेयर कारोबारका लागि ब्रोकर लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम करिब तीन वर्षअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकर लाइसेन्स वितरणका लागि आवेदन मागेको थियो ।

सोहीअनुसार १२ वटा बैङ्कको सहायक कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन पनि दिएका छन् । आवेदन दिने मिति नसकिँदै संसदको अर्थ समितिले प्रक्रिया रोक्न निर्देशन दिएपछि प्रक्रिया रोकिएको थियो । त्यो प्रक्रिया अझै सुरु भएको छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.