Advertisement

रोल्पामा रोकिराखेको एक्साभेटरमा आगजनी

0 55

Advertisement

२२ असार, रोल्पा । रोल्पामा रोकिराखेको एक एक्साभेटरमा आगजनी भएको भएको छ । त्रिवेणी गाउँपालिका–५ झिनुवास्थित नेर्पा–घर्तिगाँउ सडक खण्डमा रोकिराखेको बा२क ८३६१ नं को एक्साभेटर गएराति आगजनी भएको हो ।

एक्साभेटर रातको करिब २ः३० बजे आगजनी भएको इलाका प्रहरी कार्यालय होलेरिका प्रमुख प्रहरी निरीक्षक मधुसुदन बि.कले जानकारी दिए ।

राति बिस्फोटनको ठूलो सुनेको र बाहिर निस्केर हेर्दा एक्साभेटरमा आगो लागिरहेको देखेको एक्साभेटर चालक सन्दीप कुमालले बताए । गाउँलेसँग हारगुहार गरी आगो निभाउने प्रयास गर्दा पनि निभाउन नसकेको उनले बताए ।

केही समयअघि देखि त्यहाँ काम गर्दै आएको एक्साभेटरलाई आज (बुधबार) अन्यत्र लैजाने तयारी भएको चालक कुमालले बताए । आगजानीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.